गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत



बारा: नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले बाढी पहिरो तथा डुबान पीडितका लागि राहत वितरण गरेको छ । नेपाली काग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औ स्मृति दिवसको अवसरमा नेविसंघ निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोली बाराको गढीमाइ नगरपालिका ३ मा पुगेर बाढी पीडितलाई राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा निर्वतमान महामन्त्री काफ्लेले पीडितको दुखेको घाउमा अलिकति भए पनि मलम लगाउने प्रयास गरेको बताए ।  तिन सय परिवारलाई चामल,तेल,पाल,लत्ताकपडा लगायतका सामाग्री वितरण गरेको  विद्यार्थी नेता सुशील भट्टले बताए ।

बाढी पिडितको सहयोगकालागि नेविसंघले काठमाडौलगाएतका ठाउँमा राहत सङ्कलन गरेको थियो । राहत वितरण कार्यक्रममा रौतहट नेका सभापति कृष्ण यादव,सांसद देव प्रसाद तिमल्सिना ,धनलाल ढोकर,स्थानीय जनप्रतिनिधि ,विद्यार्थी नेताहरू राम प्रसाद अधिकारी ,बलदेव तिमल्सिना लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्