दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री



काठमाडाैं : सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन र हेमा मालिनी स्टारर फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने भएको छ। यो फिल्ममा बलिउडको सुपरहिट जोडीमध्ये एक ऋतिक रोशन र क्याटरीना कैफको शीर्ष भूमिका हुनेछ। पहिले यो फिल्ममा दीपिका पादुकोणले अभिनय गर्ने चर्चा चलेको थियो।

भारतीय मिडियाका अनुसार यो फिल्ममा पहिले दीपिका हुने भनिए पनि अब भने क्याटरीनाले अभिनय गर्ने भएकी हुन्। क्याटरीना र ऋतिकको जोडी चलचित्र ‘जिन्दगी ना मिले दोबारा’ मा पनि देखिएको थियो। उक्त फिल्ममा ऋतिक र क्याटरीनाको जोडीलाई धेरैले रुचाएका थिए।

खबरका अनुसार ‘सत्ते पे सत्ता’ को रिमेकमा को नायिका लिने भनेर निर्माण टिमले एक लिस्ट तयार पारेको थियो। निर्मातालाई पनि कुन नायिका लिने भन्नेमा दोधार थियो। अन्तत: क्याटरीना नै यो फिल्मका लागि छनोटमा परेकी छिन्।

यो फिल्ममा इन्ट्री हुने भएपछि क्याटरीना पनि उत्साहित छिन्। फिल्ममा ७ भाइको कहानी हुनेछ। अमिताभ बच्चनले जेठा दाइको भूमिका निभाएका थिए। उक्त भूमिकामा अब ऋतिकलाई देख्न सकिनेछ। अन्य कलाकार अझै चयन गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले यो आर्थिक वर्ष भित्रै बिद्धुतीय वस सञ्चालन गर्ने

कास्की : अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूबारे जानकारी लिन नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली पोखरा

दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका

काठमाडौं : सभामुख चयनको विषय टुङ्ग्याउन बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा

सिन्धुपाल्चोक :बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घर–टहरा भत्काउँदा झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले

मुग्लिन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन

काठमाडौं : जाडो मौसममा चिसोबाट बच्न जति बाग्लो लुगाको जति भूमिका हुन्छ उत्तिनै खानाको पनि

काठमाडौं : आज (आइतबार) देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही

सोलुखुम्बु : प्रहरीले सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलाएको छ। तिङ्लाको

काठमाडौं : हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले गायिका आस्था राउतलाई प्रहरीसँग माफी माग्न सुझाव

दिल्ली : “हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना

काठमाडौं : रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माणको काम सकिएको छ ।