विपीलाई सम्झँदै नवलपुरमा वृक्षारोपण



नवलपुर: नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औ स्मृति दिवसको अवसरमा सोमबार नवलपुरमा वृक्षारोपण गरिएको छ ।नेपाली काग्रेस नवलपुरको आयोजनामा कावासोती ८ स्थित विपी स्मृति बाटिकामा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले काग्रसले विपीले देखाएको बाटो अवलम्बन गर्न नसक्दा पछि परेको बताए ।

उनले विपीको सिद्धान्त लाइ आत्मसात् गर्ने हो भने कांग्रेसलाई देशको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

कार्यक्रममा नेपाली काग्रेस नवलपुरका सभापति विष्णु प्रसाद लामिछानेले पूर्व सांसद एवं नेपाली काग्रेसका नेता महेन्द्र ध्वज जी।सी, जिल्ला सचिव बालकृष्ण घिमिरे लगायतका वक्ताहरूले विपीको योगदानका बारेमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्