तनहुँमा पनि सुरु भयो राष्ट्रिय परिचय पत्र वितरण



तनहुँ : राष्ट्रिय परिचयपत्र वितरण कार्य तनहुँमा पनि सुरु भएको छ। आज जिल्ला प्रशासन कार्यालय तनहुँको सभाहलमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुभारम्भ कार्यक्रमको उद्घाटन गरि सेवा सुरु गरिएको हो।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले गरे। कार्यालयलाई आवश्यक पर्ने कर्मचारीको पूरा भए पछि तनहुँको सबै वडाहरुमा गई राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद पौडेलले जानकारी दिए।

नागरिकका व्यक्तिगत र जैविक सूचना संकलन गरी सुरक्षा भण्डार गर्नको लागि सरकारले नयाँ कार्यको थालनी गरेको हो। 

 

प्रतिक्रिया दिनुहोस्