दूधमा मह हालेर पिउनुस्, हुनेछ धेरै फाइदा



काठमाडाैं : दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ। भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार, दूध र मह आफूआफूमै स्वस्थकर कुरा भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा गराउँछ। राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ अनि शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ। 

यसका अन्य फाइदा यस्ता छन् :

– मनतातो दूध र महमा ट्रिप्टोफ्यान नामक तत्त्व हुन्छ जसले शरीरलाई आराम दिलाएर राम्रो निद्रा ल्याउँछ।

– यसमा प्रोटीन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुन्छ जसले तागत र स्टेमिना बढाउँछ।

– मनतातो दूध र महले फोक्सो र श्वासनलीलाई स्वस्थ राख्छ। रुघाखोकी र सासको समस्याबाट यसले बचाउँछ।

– यो मिश्रणमा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल तत्त्वहरू पाइन्छन्। दिनदिनै पिउँदा बुढ्यौली ढिलो आउँछ।

– यो मिश्रणले शरीरबाट विषाक्त पदार्थ निकालेर रगतलाई शुद्ध बनाउँछ। रोगबाट बचाएर छाला चम्किलो बनाउँछ।

– यो मिश्रणले पाचनप्रणालीलाई सफा बनाउँछ। ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ।

– दूध र महमा भएको क्याल्सियम, आइरन, प्रोटीन र भिटामिन जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ।

– यो मिश्रणमा भएको पोषक तत्त्वले स्ट्रेस र टेन्सनलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ। यसबाट दिमाग स्वस्थ रहन्छ।

प्रतिक्रिया दिनुहोस्