ओलीले बुटवल र चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ ।

बुटवलपछि भने उनी चितवनको भरतपुर आउनेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेले विजय सुवेदीलाई उठाएको छ । उनी बाग्मती प्रदेश सांसददेखि राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका हुन्।

उनको प्रतिस्पर्धा पाँच दलीय गठबन्धनको उम्मेदवार रेणु दाहालसँग हुँदै छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख भइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्