मोजाविना नै जुत्ता लगाए हुनसक्छ हानि !



काठमाडाैं : फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ। आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ। यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ।

वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ। दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ। तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ।

यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ। छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई नोक्सानी पुग्छ। मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न समस्या हुन्छ।

प्रतिक्रिया दिनुहोस्