तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार



काठमाडौं : रोजगारीका लागि लिबिया लैजाने लोभमा नेपालमा बन्धक पारिएका तीन जना विदेशी नागरिकको उद्धार गरेको छ। पाकिस्तानी नागरिक सहजिव नजल, बंगलादेशी नागरिक शादा आलम खान र सैहिद सुमन मियाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई लिबिया पठाइदिने प्रलोभनमा ललितपुरको इमाडोलस्थित एक घरमा तीन महिनासम्म बन्धक बनाइएको जनाइएको छ। प्रहरीले घटनामा संलग्नमध्येका एक जनालाई पक्राउ गरेको छ भने अन्य फरार छन्। 

 

प्रतिक्रिया दिनुहोस्