कब्जियतको समस्या छ भने यसरी गर्नुस् घरमै उपचार



काठमाडाैं : सरल तरिकाले विकास दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु नै कब्जियत हो।  दिनमा एकपटक पनि सजिलोसँग दिसा गर्न नसक्ने अवस्था आयो भने पनि कब्जियत भन्ने बुझ्नुपर्दछ। कब्जियत लामो समय रहिरह्यो भने विभिन्न साइड इफेक्टहरु रहन सक्छन्। 

कब्जियतका लागि धेरैले चूर्णको प्रयोग गर्छन्, जुन वास्तवमा सही तरिका होइन। कब्जियतको उपचार घरमै पनि सहजै गर्न सकिछ। यदी तपाईमा कब्जियतको समस्या छ भने सबैभन्दा पहिले यसको कारण थाहा पाएर यसबाट बच्नुपर्छ। 

राती सुत्नुअघि तातो दुधमा एक चम्चा घ्यू हालेर पिउन सकिन्छ। दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्दा पनि हुन्छ।  राती यो उपाय अपनाउँदा बिहान मज्जाले पेट सफा हुन्छ। तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ। एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर राती सुत्नुपूर्व पिउँदा बिहान तपाईंको पेट हल्का हुन सक्छ। 

चार चम्चा सूपमा एक गिलास पानीमा उमाल्ने  र पानी चिसो भएपछि त्यसलाई छानेर पिउँदा पनि  कब्जियतबाट राहत पाउन  सकिने छ।

यसो त बिहान खाली पेटमा स्याउ खाँदा यो रोगबाट चाँडै नै आराम मिल्छ। यस्तै प्रत्येक दिन काँचो पालुङ्गोको रस दुई पटक पिउँदा पनि केही दिनमा नै कब्जियत ठिक हुन्छ। 

कब्जियतबाट ग्रसित व्यक्तिले फलको अत्यधिक सेवन गर्नुपर्छ। मेवा, स्याउ, मौसम, नरिवल, सुन्तला, अंजिर, काँक्रो, गाजरलगायतका फलफूल खानुपर्छ। सागसब्जीको रस, ताजा फलफूलको रस, नरिवलको पानीले कब्जियतलाई निकै फाइदा पुर्याउँछ। 

कब्जियत ठिक गर्नका लागि आहारमा हरियो सागसब्जी र आँटाको रोटी समावेश गर्दा हितकर हुन्छ। यसो त दैनिक तीनदेखि चार लिटर पानी पिउनु उत्तम हुने चिकित्सकहरु बताउँछन्। 

कब्जियतबाट बच्ने उपाय भनेकै आफ्नो आहारमा विशेष ध्यान दिने हो। यसका लागि खानालाई मज्जाले चपाएर खानुपर्ने हुन्छ। 

कसैलाई पुरानो कब्जियत छ भने घरेलु उपायका साथै खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ। राम्रोसँग पेट सफा भएको छैन भने तारेको भुटेको खानेकुरा खानु उचित हुन्छ। साथै मैदा, बेसन र मसालेदार भोजन पनि नरादा राम्रो हुन्छ। 

बेलुकाको खाना सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खानु, खाना खानु एक घण्टा अघि कम्तीमा एक गिलास पानी पिउनु उचित मानिन्छ। 

चिसो खानेकुराको अत्यधिक सेवन, फास्ट फूड र प्याक गरिएको खानेकुरा खानु, धेरै चिया वा कफी पिउने, समयमा दिसा नगर्नेलगायत कब्जियतको कारण हुन्। 

प्रतिक्रिया दिनुहोस्