अंकमाल गर्दै एकअर्कालाई शुभकामना र हासिमजाक



काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । चुनावी घरदैलोका क्रममा उनीहरूबीच आइतवार बिहान जम्काभेट भएको हो । स्थापित र बालेनले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका छन्। भेटमा दुवै जनाले हासिमजाक गरेका छन् भने फोटो पनि खिचाएका छन् ।

भेटमा स्थापितले बालेनलाई आशीर्वाद पनि दिएका छन् । आशीर्वाद दिँदै स्थापितले भने, ‘सफल इन्जिनियर भवः’ । जम्काभेटमा दुवै पक्षका समर्थकले आ–आफ्नो पक्षमा चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्