सुवेदीको कटाक्ष : रेनुले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटै छैन



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेनु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् । भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताए ।

‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख (रेनु दाहाल)ले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भने ।

भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उनले बताउ । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलीका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उनले जनाए । ‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उनले भने । आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे ।

प्रतिक्रिया दिनुहोस्