रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न



नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो । रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेको थियो भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुग्नुभएका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिनुभएको थियो । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा. अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहनु भएको बताइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो ।

रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो