भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक



काठमाडौं: नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला सांसदहरु दूतावास पुगेका थिए । राजपा नेपालका चन्दा चौधरीले भनिन्,‘राजदूत ज्यूले चिनजान र भालाकुसारीका लागि चिया खान बोलाउनुभएको थियो । खासै केही थिएन ।’

नेकपाकी पम्फा भुसाल, नविना लामा, काँग्रसकी सीतादेवी यादव लगायत २०–२५ जना महिला सांसद भारतीय दूतावासमा पुगेका थिए ।  संसदमा भइरहेको बहस, कानुन निर्माण लगायतका विषयमा राजदूतले जिज्ञासा राखेको स्रोतले जनाएको छ ।

संसदमा कानुन निर्माण भइरहेको बेला दूतावासले महिला सांसदहरुलाई मात्र बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सल्यान : बहुविवाहको आरोपमा सजाय भोग्दै आएका एक दम्पतीसँगै उनका तीन सन्तानले पनि कैदी जीवन

काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न

धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब

भैरहवा : लुम्बिनीमा रहेका बिभिन्न देशका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालनमा हुँदा ब्यवसायीको लगानी

काठमाडौं : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ मा रहेको रमणीय र पर्यटकीय दामन घुम्ने अभिलासा बोकेर

काठमाडौं : राजीनामा नदिने लामो अडानपछि शिवमाया तुम्बाहाङ्फेले सोमवार संसद् बैठकमै उपसभामुख पदबाट राजीनामको घोषणा

काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल सकिएको छ। सातौं चरणको

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने भन्दै सन् २०२० को

मकवानपुर : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ

श्रीलङ्का : श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु