मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’



काठमाडौं : मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशका अधिकांश भूभागमा सामान्यदेखिपूर्ण बदलि भई केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश र मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । 

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलि भई केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको र पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम 

साउन ७ गते (मंगलबार)

दिउँसो : देशको पूर्वी र मध्य भूभागमा पूर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ । देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । 

राती : देशको पूर्वी र मध्य भूभागमा सामान्य बदलीदेखि पूर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ । देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा  भारी वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । 

साउन ८ गते (बुधबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशका केही स्थानहरुमा  भारी वर्षा साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राती : देशभर सामान्य बदलीदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशका केही स्थानहरुमा  भारी वर्षा साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

साउन ९  गते (बिहिबार)

दिउँसो : देशको पश्चिम तथा मध्य भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भूभागको केही स्थानहरुमा मेग गर्जनका साथ वर्षाको सम्भावना छ । देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र पूर्वीका १र२  स्थानहरुमा भारीको सम्भावन रहेको छ ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा मेघगर्जनका साथ वर्षा हुनेछ । देशका थोरै स्थानहरुमा भारी वर्षा साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ र देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्