डोटीमा अज्ञात समूहले वडा कार्यालय जलायो



डोटी : डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरको कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ । सोमबार राति अन्दाजी १२ बजेको समूहमा अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको हो।

आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचरसहित वडाको छाना समेत जलेर नष्ट भएको जोरायल इलाका प्रहरी कार्यालयका प्रमुख सइ महेन्द्र थापाले जानकारी दिए।

वडा सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरु पनि पूर्ण रुपमा जलेर नष्ट भएको र केहि फर्निचर मात्रै बाँकी रहेको वडा अध्यक्ष नन्दराज भट्टले बताए।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबारदेखि देशभरमा सरकारी सवारी साधनमा प्रतिवन्ध लगाउने घोषणा गरेको अघिल्लो राति वडा कार्यालय जलाइएको र सो क्षेत्रमा सोमबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता देखिएको भन्ने सुन्नमा आएकाले आगजनी पनि उनिहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रतिक्रिया दिनुहोस्