एक युवती झुण्डीएको अवस्थामा फेला 



दैलेख : दैलेखमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। मृत फेला पर्नेमा नारायण नगरपालिका–६ की २१ वर्षीया कल्पना सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले जानकारी दिए।

सोमबार राति २ बजेतिर कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्