मतगणनास्थललाई वर्षाबाट जोगाउन पालको व्यवस्था गर्नू : आयोग



काठमाडौं । निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार निर्वाचनको दिन देशभर पानी पर्ने सम्भावना भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हो ।

‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निर्णय भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भने। यसको समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्