‘विश्व थैलेसेमिया दिवस’ मनाइयो



वीरगञ्ज । वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले विश्व थैलेसेमिया दिवस मनाएको छ ।
‘थैलेसेमियाः एक अवलोकन’ शीर्षकमा प्यानल छलफल आयोजना गरी दूतावासले दिवस मनाएको हो । कार्यक्रममा बालरोग विशेषज्ञ डा. एसएस दास, नारायणी उपक्षेत्रीय अस्पतालका बालरोग विभागका विभागीय प्रमुख डा शैलेश ठाकुर र वीरगंज हेल्थकेयर सेन्टरका बालरोग विशेषज्ञ डा आनन्दकुमार झाले यस रोगको विषयमा प्रकाश पारेका थिए ।
त्यसअवसरमा महावाणिज्यदूत नितेश कुमारले नेपालको तराई क्षेत्रमा यस रोगको उपचारमा सहभागी प्यानेलिस्टहरूको भूमिकाको प्रशंसा गरे ।
प्यानलिस्टहरूले यो वंशाणुगत रोगको कारण प्रस्ट पार्दै नेपालमा करिब ३/४ प्रतिशत जनसंख्या यसबाट पीडित रहेको जानकारी दिए । थालेसेमिया रोगको निको पार्ने उपचार उपलब्ध भए पनि महँगो भएकाले गरिब विरामीले उपचार गर्न नसक्ने उनीहरूको भनाइ छ । रोगको प्रारम्भिक उपचारमा आवश्यक नियमित छनोटात्मक रक्तक्षेपण पनि महँगो भएका कारण सम्भव नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्