होटलमा यौन धन्दा गर्ने १० जना पक्राउ



परासी : पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटेलमा युवती राखेर यौन धन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । सोमबार मात्रै होटेलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटेल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ ।

बर्दघाट नगरपालिका–२ चिसापानीस्थित न्यु शीतल पाटी स्टाफ होटेल रेस्टुरेन्ट एन्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटेल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । पक्राउ परेकाहरू विरुद्ध कानूनबमोजिम आवश्यक कारबाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।

विशेष गरी जिल्लाको सुनवल, भू मही, बर्दघाटलगायतका स्थानमा सञ्चालनमा रहेका होटेलमा यस्तो धन्दा बढेको बताइएको छ । सदरमुकाम परासीमा पनि केही होटेलमा अवैधरूपमा यस्ता गतिविधि हुने गरेको स्थानीयवासी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्