विषालु च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी



रुकुम : रुकुम पश्चिममा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा ५ जना गम्भीर बिरामी परेका छन्। चौरजहारी नगरपालिका ३ का  एकै परिवारका  ४ जना र १ छिमेकीसहित ५ जना गम्भीर बिरामी परेको वडा नम्बर ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीले जानकारी दिए ।

बिरामी हुनेहरूमा ४८ वर्षीय डिलसरा देवी पोखरेल, ४२ वर्षीय ओमकुमार पोखरेल, १५ वर्षीय विजया पोखरेल, १३ वर्षीय तिलक पोखरेल र ३० वर्षीया बिपना पोखरेल रहेका छन्।  उनीहरू सबैको चौरजहारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकालागि नेपालगन्ज रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्