दुई बालिकालाई यौन दुर्व्यवहार गर्ने युवक पक्राउ



नुवाकोट : जिल्लाको शिवपुरी गाउँपालिका–८ मा दुई बालिकालाई करणी र बालयौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाको सभापोखरी गाउँपालिका–६ का २६ वर्षीय ध्रुव राई रहेका छन्।

राई विगत केही वर्षदेखि नुवाकोटमा घर पुनःनिर्माणको काम गर्दै आइरहेका थिए। सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला घरमा कोही नभएको समय पारी पीडक राईले बालिकालाई यौन दुर्व्यवहार र करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए।

उनका अनुसार घटनाको भोलिपल्ट शनिबारका दिन पनि ९ वर्षीया बालिका आफ्नो घर नजिकै खेल्न जाने क्रममा बाटोबाट तानेर बारीमा लगी यौन दुर्व्यवहार गरेका थिए। पीडित दुवै बालिका दिदीबहिनी रहेका प्रहरीले जनाएको छ।

पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुर्व्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्