पथरी जंगलमा भेटियो महिलाको शव



विराटनगर : मोरङको पथरी शनिश्चरेको जंगल क्षेत्रमा फेरी एक महिलाको शव फेला परेको छ। पथरी शनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो।

शव सडिएका कारण चिन्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ। स्थानीयले घाँस काटन जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सूचनापछि पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीप्रसाद अधिकारीका अनुसार शव पहिचान गर्न सक्ने अवस्थामा छैन्। प्रहरीका अनुसार रुखमुनी शव फेला परेको हो। रुख माथि एउटा सल पनि भेटिएको छ। केही दिनअघि सोही जंगल खण्डमा एक पुरुषको शव पनि भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्