आकाशबाट चुम्बकीय शक्ति भएको ढुंगा जमिनमा खस्यो



काठमाडाैं : सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा ‘असामान्य' लाग्ने एउटा ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन्। त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूकाे भीड लागेको छ।

मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन्। सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन्। ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन्।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए। ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो।

खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए। धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए। ढुंगा ५ फिट माटोमा भासिएकाे थियाे। घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ। मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए।

जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए। ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए। मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा. शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन।

यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ। यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे। बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा. विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने

काठमाडौं : नेपालकी महिला पौडी खेलाडी गौरिका सिंहले ५६ लाख पाउने भएकी छिन् । बुधबार

काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच

कञ्चनपुर : जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना

काठमाडौं : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल प्रयोग गरी करोडौं ठगी गर्दै आएका विदेशी गिरोहलाई

काठमाडौं : अमेरिका, मेक्सिको र क्यानडाबीच युएस्एम्सीए नामक नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ ।

काठमाडौ : काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल

वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा

काठमाडौ : प्रेस संगठन नेपालको प्रदेश कमिटी अन्तर्गत उपत्यका कमिटी गठन भएको छ । हिजो

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले बेरुजु देखिएको भन्दै विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएको छ

काठमाडौ : लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन खोलेको छ ।