बालकमाथि यौन दुराचारको आरोपमा विदेशी नागरिक पक्राउ



पोखरा  ः बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा पोखरामा १ जना विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान रहेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। कार्कीले प्रहरी केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले थोमस बस्दै आएको डिहिकोपाटनमा रहेको एक घरमा अनुसन्धान गर्न पुग्दा २ बालकसहित फेला परेको जानकारी दिए।

कामदार भिसामा नेपाल आएका उनी प्याराग्लाइडर हुन्। बालबालिकामाथि यौन दुराचार गरेको सूचनाका आधारमा सीआईबी टोली थोमससम्म पुगेको कास्की प्रहरीले जनाएको छ। उनीसँग फेला परेका २ बालकको उमेर १४ वर्षभन्दा कम रहेको कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्