आफूविरुद्धका आरोप प्रमाणित गर्न एन्फा पूर्वअध्यक्ष थापाकाे चुनाैती



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् ।

बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन् । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके कर्माछिरिङ एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाको चेतावनी छ ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा थापाले शेर्पाले

विभिन्न अनलाईन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तर्वार्ताको क्लिप थापाले सार्वजनिक गरेका हुन् । थापाले कपोल्कपित आरोप लागेको र त्यो आरोप प्रमाणित गर्नुपर्ने चुनौती दिए ।

‘उहाँले लगाएका कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारवाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँही सफाई दिएको भन्ने भ्रम पर्न गएको छ । त्यसकारण अब यो विवादको अन्त्य हुन जरुरी छ । म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं । यसअर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन् । उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ त्यसो भए म कार्बाही भोग्न तयार छु । अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसार उहाँले काबाही भोग्नुपर्छ । एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न । कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफा कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ,’ थापाले भने ।

थापाले आफूविरुद्ध लागेको आरोप १४ बुँदामा प्रस्तुत गरेका छन्ः 

१. गोल्ड प्रोजेक्टअन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको 

२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको आठ करोड रुपिया गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम व्याजमा लगाएको 

३,. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरुको नाममा राखी अनियमितता गरेको  

४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको

५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको 

६. एन्फाको रकम ३२ प्रतिसतमा व्याजमा लगाएको 

७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा

नदेखाएको 

८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको

९. कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको

१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको 

११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको 

१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने  

१३. अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको  

१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाव देखाएको तर फिफामा करिव ३ करोडको हिसाव पेश गरेको र त्यसमध्येबाट ४० लाख रुपैयों खेलाडी कल्याण कोशमा हालेर करिव ६० लाख रुपैयाँ हिनामिना गरेको 

प्रतिक्रिया दिनुहोस्