आईपीएल : दिल्लीले राजस्थानलाई हरायो



काठमाडौं । राजस्थान रोयल्सलाई ८ विकेटले हराउदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा छैटौँ जित निकालेको छ। बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेकाे हाे ।

दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए । डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे। यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेकाे थियाे । राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे ।

जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ । राजस्थान १२ खेलबाट १४ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्