मुखियापट्टी र मुसहर्नियाका बालबालिकाले चाउचाउ लिँदै बिदाको हात हल्लाएको त्यो दृश्य…..



जनकपुरधाम : नेपालको सबैभन्दा गहिरो स्थान धनुषाको दक्षिणी क्षेत्रमा पर्ने मुखियापट्टी मुसहर्निया वस्ती प्रदेश २ को राजधानीसँग जोडिएको छ । मुसहर्निया गाउँ मुखियापट्टी गाउँपालिका वडा नम्बर १ मा पर्छ ।

यादव, ठाकुर र रोहारको बसोबास अत्यधिक रहेको मुसहर्नियामा २७ सय, मुखियापट्टीमा ३१ सय घर परिवार रहेको गाउँपालिकाको कुल जनसंख्या करिब २९ हजार बढी रहेको छ । 

जमुनी नदी छेउमा अवस्थित वस्तीको आर्थिक अवस्था न्यून रहेको छ । यहाँका युवाहरु वैदेशिक रोजगारीको लागि विदेश गएका छन् भने गाउँमा बालबालिका र महिलाहरुको संख्या अत्यधिक छ । 

करिब २९ हजार जनसंख्या रहेको उक्त वस्ती मुख्य पेशा कृषि हो । यहाँका वृद्धवृद्धा कृषि पेशामा सक्रिय छन् । 

नत राम्रो घर, नत दुई छाँक राम्रो खानै पाइन्छ, नत राम्रो लगाउनै पाइन्छ । माटो र फुसको प्रयोग गरी बनाएका घर । केही बेर पानी पर्ने वित्तिकै डुबानमा परिणत हुन्छ । 

हरेक वर्ष प्राकृतिक विपदको सामाना गर्दै आएको मुसहर्निया वस्तीमा भने यसपटक बज्रपातनै बर्सियो । 

यस वर्षको अविरल वर्षाले मात्र होइन् प्रत्येक वर्ष आउने मनसुनी वर्षाले मुसहर्निया डुबानमा पर्ने गर्छ । तर, यस पटकको परिस्थिति भने अलिक फरक थियो । 

असार अन्तिम साता मनसुनी वर्षा सक्रियसँगै देशभर वर्षा भयो । गत असार २५, २६ र २७ गते निरन्तर वर्षाले पूर्वी तराई डुबानमा पर्यो । सयौंको ज्यान गयो भने हजारौं घर घरपरिवार विस्थापित भए । 

यसै प्राकृतिक विपदको सामाना गर्नुपर्यो मुखियापट्टी मुसहर्निया वस्तीलाई । गत असार २७ गते राति सोच्दै नसोचको घटनाको चोट सहनुपर्यो । 

राति अचानक गाउँमा पानी पर्दा गाउँ पूरै डुबानमा प्रयो स्थानीय जोगी यादवले भने, ‘पानीले गाउँ मात्र होइन्, खेत पनि जलासयमा परिणत भयो ।’ 

मसहर्निया वडा १ र मुखियापट्टी २ मा मात्रै वर्षाका काराण करौडोको क्षति भयो । हरेक वर्ष झै यस वर्षपछि बाढी, पहिरो र डुबान क्षेत्रमा सुरु भयो राहत र उद्धारको कार्यक्रम । तर, दुर्भाग्य भनौ या नियतिको खेल । 

मनसुनी वर्षाका कारण धनुषा र महोत्तरीको नदीमा आएको पानी बहावले भारतीय सीमासँगै जोडिएको मुखियापट्टी र मुसहर्नियाको मुख्य र सहायक सडकहरु समेत क्षति पुग्यो जसका कारण दुई वडाको सडक संजालबाट टुट्यो । यसले गर्दा रातह राहत लिएर जानेहरुबीच बाटोबाटै फर्किन बाध्य भए । 

संघीय सरकार र स्थानिय सरकारको बाटो हेर्दा सडक कहीले बन्ने हो भन्दा मुसहर्नियाका स्थानीयहरु सडक बनाउन व्यस्त भए ।मुसहर्नियाको गाउँमा मात्र होइन वडा १ मा अवस्थित सामुदायिक विद्याल र प्रहरी चौकी पनि डुबानमा परेको अवस्थाबारे स्वय त्यहाँ कार्यरत प्रहरीले सुनाए ।

पानी कम भएपछि बल्ल बाटो खोल्नुपर्छ भन्ने निष्कर्षमा पुगेर स्थानिय सरकार र नेता कार्यकर्तालाई गुहारेको किराना पसल सञ्चालन गर्दै गरेको एक व्यक्तिले नबताउने सर्तमा द नेपाल टपलाई जानकारी दिए । 

मुखियापट्टी र मुसहर्नियामा राहतको लागि एक हप्ता भित्र तीन वटा समूह आएपनि वास्तविक पीडितहरुले राहत नपाएको गुनासो सुनिन सुने । जसमा एक चोकको चिया पसलमा स्थानीयले आफैँमा गरेको सम्वादले झन चकित भए । सरकार र सीडीओ साहबले सदरमुकाममा बसेर दिने भाषणहरु र स्थानीयले बोलेको वचन मेल नखाएर हैरान भए । 

चारूमती ग्रुप, नेपाल स्काट्सका मित्रहरु सँगै झण्डै दुई सय घर परिवारलाई १५ दिनसम्म खान पुग्ने गरी लागिएको खद्यान्न सामग्री र लत्ताकपडालाई कसरी वितरण गर्ने चिन्ताले सतायो ।

राहत सामाग्री लिएर गाउँमा प्रवेश गरे सँगै गाउँलेले, ‘कथि–कथि लक आयल छि ?’ (के–के लिएर आउनुभयो ?) सोधेको कारण नै बुझ्न सकिन र म मौन भए । 

‘विस्तारै सबै थाहा हुँदै गयो । बाढी पीडितभन्दा राहत हात पार्नेहरुलाई त्रिपालको खाँचो रहेछन । एक जना स्थानीयले भने, ‘त्रिपाल छ भन्ने यहाँ लुटिन्छ सावधान ! रहनु होला ।’ 

के गर्ने होला अब ! चिन्ताले झन्–झन् तनाव बढ्दै गयो । पछि नेपाल स्काउट्का पूर्व राष्ट्रीय अध्यक्ष चन्दन कौशिकलाई सिधै गएर मैले सोधे त्रिपाल कति ल्याउनु भएको छ ? जवाफमा कौशिक सरले नाई भन्दै भने, ‘हामीले खाद्यान्य मात्र लिएर आएका छौँ ।’ चिन्ता नलिनु घनश्याम जी हामी राहत वितरण गरेर नै जाने छौँ कौशिक सरको आत्म विश्वासले ममा झन ऊर्जा थपियो । 

राहत आएको हल्ला भएसँगै गाउँलेको त्यो भव्य उपस्थितिले सबैलाई राहत नपुग्ने हो कि भन्ने तनाव सृजना भयो । तर, तनावको बीच नेपाल स्काट्स चारुमति ट्रपका लिडरको कार्य क्षमता र कार्य कुशलताले दुई सय घर परिवारलाई १५ दिनसम्म खान पुग्ने खाद्य सामाग्री झन्डै पाँच क्विन्टल चामल, दुई क्विन्टल भुजा, सय बिस्कुट काटुन, दुई सय काटुन चाउचाउ करिब ७ सय परिवारलाई वितरण गरियो । 

‘स्थानिय खुश थिए । जे भएपनि सबैले एकएक मुठी भएपनि राहत पाए ।’ हामी खुशी थियौ । बाढी पीडितको ओठमा राहत पाउँदाको खुसी हेरेर म आफै दंग दिए भने प्रहरी शान्तिपूर्वक ४ घण्टा रातह सामाग्री वितरण कार्य सम्पन्न भएको मा ‘हैप्पी’ थिए । 

गाउँका नेता, अगुवा र स्वयं स्थानीय पनि स्काउट्सको कार्य शैली र अनुशासन हेरेर मन्त्रमुग्ध भए । सयौंको हुलामा रहेका बालबालिकाले हात–हातमा चाउचाउ लिँदै बाई–बाई गर्दै बिदाको दृश्य अझै पनि आँखा अगाडी नै छ…..।

स्थानीय सरकारलाई सुझाव :-

स्थानीय सरकारले पूर्ण, आंशिक र सामान्य क्षतिको स्पष्ट खाका तयार गर्नुपर्ने । सदरमुकाम जनकपुरदेखी मुसहर्नियासम्म स्थानिय नगरपालिकाको बाटो दुरुस्त हुनु अनिवार्य । तुलसियाको वडामा विजुली पोलमा तार लत्रिएको कारण तत्काल व्यवस्था गर्न विद्युत प्राविधिकरणलाई अनुरोध । नत्र कुनै बेलापनि अप्रिय घटना घट्न सक्छ । 

 

प्रतिक्रिया दिनुहोस्