सम्पूर्ण तयारी पूरा, आचारसंहिता पालनामा विशेष सजगता



काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।

उनले २७ वैशाख मध्यरातिदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्