तिहारमा जुवा खेल्दा स्याङ्जामा ६ जना पक्राउ



स्याङ्जा: भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् । 

 

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो । 

प्रतिक्रिया दिनुहोस्