सर्वोच्चसहित देशभरका अदालत जेठ २ गतेसम्म बन्द



काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत जेठ २ गतेसम्म बन्द हुने भएको छ ।

यही वैशाख ३० गतेदेखि आउँदो जेठ ४ गतेसम्म पालिका चुनाव एवम् सार्वजनिक बिदा परि लगातार चार दिन अदालत बन्द रहने सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले आज बिहीवार जारी गरेको सूचनामा उल्लेख छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम आउँदो जेठ २ गते सोमवारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्