निर्वाचनमा खटिने प्रहरीले १० दिनसम्मको भत्ता पाउने



काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा प्रत्यक्ष रुपमा खटिने प्रहरीले भत्ता पाउने भएका छन् । सात देखि १० दिनसम्मको भत्ताका लागि अर्थ मन्त्रालयले बजेट दिएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा खटिनेलाई १० दिन र कार्यरत जिल्लाभित्रै खटिनेले सात दिनको भत्ता पाउने भएका छन् । जवान र हवल्दारले दैनिक १२ सय, असई, सई र वरिष्ठ सईले १४ सय तथा इन्सपेक्टर, डिएसपी र एसपीले दैनिक एक हजार ६ सय रुपैयाँ पाएका भएका छन् । त्यो भन्दा माथिल्लो तहका प्रहरीले अनुगमनमा खटिदा दैनिक दुई हजार पाउँछन् । दैनिक भ्रमण भत्ताका रुपमा चुनावमा खटिने प्रहरीले भत्ता पाउने भएका हुन् ।

अघिल्लो निर्वाचनमा खाजा खर्च पनि उपलब्ध गराइएकोमा यो वर्ष भने दिइएको छैन । नेपाली सेना र सशस्त्र प्रहरीबाट प्रत्यक्ष निर्वाचन सुरक्षामा खटिएकाले पनि यस्तो भत्ता पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्