मुख्यमन्त्री राउतको ‘अपशब्द’ ! के भने मधेशी आयोगका अध्यक्षले ?



काठमाडौं  : मेधशी आयोगका अध्यक्ष विजय कुमार दत्तले मुख्यमन्त्रीको कार्यशौली प्रति आपत्ति जनाएका छन् । द नेपाल टप को कार्यक्रम ‘द नेपाल टप सो’ मा प्रदेश सरकारले छात्राका लागि साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा प्रश्न सोध्दा मुख्यमन्त्री राउत निकै आक्रोशित मात्र भएनन् अपशब्द बोल्न समेत भ्याए । 

उनले द नेपाल टपकर्मीलाई हप्काउँदै भने, ’तपाई बढी फट्याई कुरा नगर्नुस्’ राउतले भने, ‘कसैको…मा दम छ भने प्रमाणित गरेर देखाओस् ।’ उनले सञ्चारकर्मीलाई झपार्दै सम्पूर्ण पत्रकारको दक्षता र योग्यता माथिनै प्रश्न खडा गरेका थिए । 

यता आयोगका अध्यक्ष विजय कुमार दत्तले मुख्यमन्त्रीले अपशब्द प्रयोग गर्नु उचित नभएको बताए । द नेपालपटको फोन सम्पर्कमा अध्यक्ष दत्तले भने, ‘साइकल वितरणमा अनियमितता भएको छ । साइकल वितरणमा भएको अनियमितता मिडियामा छरपस्टै छ ।’

‘गरिमामय पदमा भएको व्यक्तिलाई यस्तो भाषा सोभनिय हुँदैन ।’ उनले भने, ‘आफ्नो पदको दायरामा सबैले बस्नुपर्छ । गरिमामय पदमा बसेर त्यस्ता खालको शब्द प्रयोग गर्नु हुँदैन ।’

‘भ्रष्टाचार भएको हो वा होइन भन्ने विषय अख्तियार आयोगले गर्ने हो । पत्रकारले भ्रष्टाचाबारे प्रश्न गर्न त पाइन्छ नी ?’ उनले थप्दै भने, ‘पत्रकारले सत्य कुरा भन्ने हो । राम्रो कामको जाहेर पनि गर्ने हो । यदि कुनै ठाउँमा त्रुटि भएको छ भने त्यसबारे पत्रकारले बोल्न र लेख्न पाउँछ ।’

‘पत्रकारले भ्रष्टाचारको बारेमा बोलेन भने कस्ले बोल्ने । दृष्टि नै अन्धो भयो भने हुँदैन नि । पत्रकार भनेको चौथो अंग होइन । दृष्टि हो ।’ उनले भने, ‘त्यसैले त्यस्ता खालको अपशब्द प्रयोग गर्नु उचित होइन ।’

साथै अध्यक्ष दत्तले पत्रकारको दक्षता र योग्यतामाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको बताए । 

‘म मधेशी आयोगको अध्यक्ष हु । मलाई पत्रकारको अधिकार र योग्यताको परिक्षण गर्ने अधिकार छ र ? त्यो सम्बन्धीत क्षेत्रको हो । त्यसको लागि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिल ।’ उनले भने, ‘पत्रकार देशको चौथो अंग हो । त्यो दृष्टिलाई दृष्टिविहिन बनाउन कसैले पाउँदैन ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्तर्वार्ताका समयमा अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै उनको तीव्र आलोचना भइरहेको छ । 

गत असार १२ गते ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत जनकपुरस्थित श्री सकल भवन कन्या उच्च माविमा गरिएको वितरणमा व्यापाक अनियमितता भएको समाचार बाहिर आएको थियो । 

कुल १ सय २ जना छात्रा अध्ययनरत  रहेको विद्यालयमो १ सय १४ साइकल वितरण भएको तथ्याङ्क देखाइएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग गरिएको कुराकानी (भिडियोसहित)  :-

 

 

 

प्रतिक्रिया दिनुहोस्