महिला हिंसाको विरोधमा देशव्यापी आन्दोलन गरिने



काठमाडौँ : नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

 

सङ्घले आज पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते (भोलि) देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । 

सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले भोलि देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिँदै 

काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन लागेको बताइन् ।

 

अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्