दिक्तेल बजारमा आगलागी: पाँच घर जलेर नष्ट



खोटाङ :  दिक्तेलमा शुक्रबार बिहान आगलागी भएको छ । दिक्तेल बजारको रत्नपार्कस्थित आज बिहान लागेको आगोबाट पाँच घर जलेर नष्ट भएको छ । आज बिहान करिब साढे तीन बजेबाट सुरु भएको आगोले अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ ।

 

आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको हो । आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए । आगलागीबाट भएको क्षति विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्