
दाङ । दाङमा १०४ वर्षीया जेष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । राप्ती गाउँपालिका-३ निवासी शर्माले नव ज्योति आधारभूत विद्यालय श्रीचौरबाट मतदान गरेकी हुन् ।
उनी १९७५ फागुन १७ गते जन्मिएकी थिइन् । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूको लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ ।