बालिकालाई होटलमा बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ



पोखरा : बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा पोखराबाट एक शिक्षक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने म्यारीगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राजेश कानोडिया रहेका छन्।

८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बालिकाको मोबाइलसमेत नियन्त्रणमा लिएर परिवारसँग सम्पर्क हुन नदिई बन्धक बनाएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

बालिकालाई उद्दारपश्चात अभिभावकको जिम्मा लगाइसकेको केसीले बताए। कानोडियामाथि कानुनी कारबाही अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्