बुटवलमा कांग्रेसकाे सुरुवाती अग्रता, राप्रपापछि एमाले



बुटवल । बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १३० मत ल्याएका छन् ।

परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन्। तेस्रो स्थानमा एमाले छ। एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन्।

बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।

प्रतिक्रिया दिनुहोस्