बर्दिबास नगरपालिकामा स्वतन्त्रले लिए अग्रता, एमाले दोस्रो



महोत्तरी । बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन। ४६७ मतगणना गर्दा क्षेत्रीले १९०, नेकपा एमालेका टेक वहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, नेपाली काङ्ग्रेसका चिरञ्जीवी हमाल ५ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार दुर्गा दाहालले अग्रता लिएकी छन । निकतम प्रतिद्वन्दी माओवादी केन्द्रकी उपमेयर कृष्णमाया गौतमले ४८ मत प्राप्त गरेकी छन । यसरी हेर्दा उपमेयरमा भने दुर्गा दाहाल निक्कै अगाडि देखिएकी छन ।

प्रतिक्रिया दिनुहोस्