पोखरा महानगरको मतगणना दिउँसाे २ बजेदेखि



पोखरा । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसाे २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसाे २ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ ।

साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्