सबै विदेशी मुद्राको भाउ बढ्यो



काठमाडौं : बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ । अघिल्लो दिनको तुलनामा डलर, रियाल, दिर्हाम, रिंगिट, दिनार, वन लगायत विदेशी मुद्राको भाउ बढेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकेको छ । बुधबार खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा थियो ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५१ पैसा छ । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ ।

बिहीबार यूएई दिर्हाम १ को २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा तोकिएको छ ।  

कोरियन वन १ सयको ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ ।

बिहीबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

यस्तै बहराइन दिनार १ को २९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९३ रुपैयाँ ५५ पैसा छ । 

प्रतिक्रिया दिनुहोस्