दाङको दङ्गीशरण गाउँपालीका १ मा कांग्रेस प्यानल विजयी



दाङ । दाङको दङ्गीशरण गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रमेश भण्डारीसहित प्यानल नै विजयी भएको छ ।

भण्डारीले ६ सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याउनु भएको छ । भण्डारीले ९१ मतको अन्तरले जित्नुभएको छ ।

कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार विजयी भएका हुन्। पराजित चौधरी २०७४ सालको पालिका चुनावमा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो

प्रतिक्रिया दिनुहोस्