काभ्रेको धुलिखेल १ मा कांग्रेसको प्यानल नै विजयी



काभ्रे । काभ्रेको धुलिखेल १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । काभ्रेको धुलिखेल नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा विजयी भएका छन् । उनी एमाले उम्मेदवारलाई १०६ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै, धुलिखेल-१ मा वडाध्यक्षसहित कांग्रेसका चारजना सदस्य पनि विजयी भएका छन् । धुलिखेल-१ को मत परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ५ सय ७२ मत पाए । त्यस्तै, एमालेका उम्मेदवार अशोक ब्यन्जुले ४ सय ६७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्