७४ हजार घुससहित खरिदार पक्राउ



काठमाडौं : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै  घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ४ हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको क्वार्टरबाट बरामद गरेको छ। रंगेहात बरामद ४ हजार र कोठाबाट बरामदसहित ७३ हजार नौ सय ५० रुपैयाँसहित अधिकारीलाई प्रशासनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ।

अधिकारीलाई अहिले हिरासतमा राखेर अख्तियारले अनुसन्धान बढाइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। 

 

प्रतिक्रिया दिनुहोस्