जर्मनीमा शरण लिने युक्रेनी नागरिकको संख्या सात लाख नाघ्यो



एजेन्सी । संकटग्रस्त युक्रेनबाट बिस्थापित भई जर्मनीमा शरण लिने युक्रेनी नागरिकको संख्या सात लाख नाघेको छ ।

जर्मनीको वेल्ट एम सनट्गाग पत्रिकाले जनाए अनुशार हालसम्म सात लाख २७ हजार २ सय ५ जना युक्रेनी नागरिक जमनीमा शरण लिइसकेका छन् । उनीहरुमध्ये ९३ प्रतिशतसंग युक्रेनको नागरिकता छ । शरणार्थीमध्ये ४० प्रतिशत बालबालिका छन् ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य हमला गरेपछि मुलुक छाड्ने युक्रेनी नागरिकको संख्या ६० लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालयले जनाएको छ ।

यसलाई दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठूलो शरणार्थी संकट मानिएको छ । युक्रेनभित्रै आन्तरिक शरणार्थी हुने युक्रेनी नागरिकको संख्या ८० लाख रहेको राष्ट्रसंघीय एजेन्सीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्