वीरगंज महानगरपालिकाको मतगणना सुरु



वीरगंज । वीरगंज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार सम्पन्न निर्वाचनमा ७५।२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्