दाङको गढवा ८ कोइलाबासमा एमालेका सद्धाम विजयी



दाङ । दाङको गढवा गाउँपालिका वडानम्बर ८ कोइलाबासमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ । यो वडामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका सद्धाम सिद्दिकीले जितेका थिए ।

उनै सिद्दिकीलाई एक सयभन्दा बढी मत अन्तरले हराउँदै यसपटक एमालेका अब्दुल खालिक सिद्दिकी विजयी भएका छन् ।एमालेका अब्दुल सिद्दकीले ४९६ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी सद्दाम सिद्दिकीले ३८७ मत पाएका छन् । त्यसैगरी महिला सदस्यहरुमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी विक, खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगर र ओमबहादुर थापा निर्वाचित भएका छन् ।

वडा नम्बर ८ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्