डडेलधुराको अमरगढी-१ वडाध्यक्षमा कांग्रेसका ऐर विजयी



डडेलधुरा । डडेलधुरा जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका लोकबहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर वहादुर दियालले ४७६ मत पाए ।

ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए। यस वडामा कुल मतदाता सङ्ख्या १५६५ थियो । जसमध्ये ११ सय ६५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्