निश्चिन्त स्थाापित भन्छन् : ‘आनन्द सुतिरहेको छु, अर्केस्ट्रा सुरु गर्ने मैले हो’



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक नतिजाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता लिइरहेका छन् ।

यता, नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित भने अहिलेसम्म मतगणना स्थल पुगेका छैनन् । स्थापितले आफू होटल एल्लो प्यागोडामा आनन्दले सुतिरहेको बताएका छन् । उनले मतगणना भर्खरै सुरु भएकाले अहिलेको विवरणले जितहार निश्चित नहुने प्रतिक्रिया दिएका हुन् ।

मतगणनास्थलमा नजानुको कारणबारे सोध्दा स्थापितले भने, ‘अहिले किन जानु ? भर्खर ‘म्युजिक’ टाङटुङ गर्दैछन् । यसले ट्वाईं गर्छ, उसले टुईं गर्छ । त्यस्तोमा म्युजिक हुन्छ ? म्युजिक एरेन्जर गएपछि बल्ल अर्केस्ट्रा सुरु हुन्छ । अर्केस्ट्रा सुरु गर्ने मैले हो । जाने बेलै भएको छैन ।’

अहिलेसम्म आएको मत परिणाममा आफूले ध्यानै नदिएको उनले दाबी गरेका छन् ।

‘मैले त केही हेरेकै छैन । अब एकछिनमा नुहाउँछु । अनि बेलुकीतिर जानुपर्ला’, स्थापितले भनेका छन् । स्थापितले बालेनले लिड गरिरहेको कुरा पनि आफूलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्