मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



पाल्पा : तिनाउ गाउँपालिका ३ श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मोटरसाइकल चालक तिनाउ गाउँपालिका ३ का ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो।

बिहीबार खानीबाट श्रीडाडाँतर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्