भरतपुरमा विजयको अग्रता कायमै, रेनु पछि-पछि



चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । २०० मत गणना हुँदा सुवेदीले ८२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले ६८ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् । नेपाली कांग्रेसले रेणुलाई समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिएका छन् । अहिले वडा नम्बर १ को मत गण्ना हुँदै छ । त्यस वडामा ५ हजार ७४ मतदाता रहेकोमा ३ हजार २७७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्